राष्ट्र बैंकका गौतम र पण्डित कार्यकारी निर्देशकमा बढुवा


काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जना बढुवा भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिले राम प्रसाद गौतम र किरण पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

कार्यकारी निर्देशकबाट देवकुमार ढकाल र नेफिल मताङ्गी मास्केले अवकाश पाएसँगै गौतम र पण्डितलाई बढुवा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

कार्यकारी निर्देशकमा बढुवा भएसँगै गौतमले वित्तीय व्यवस्थापन विभाग प्रमुख र पण्डितले भुक्तानी विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । केन्द्रीय बैंक स्राेतले बैंकिङ्ग समाचारलाई जानकारी दिएअनुसार गौतम र पण्डितलाई केही समय अगाडि नै बढुवा गरिएको हो।