अरुण काबेलीको लाभांश घोषणा, १०% बोनस शेयर प्रस्ताव

अरुण काबेलीको लाभांश घोषणा, १०% बोनस शेयर प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
अरुण काबेली पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब चार करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश कम्पनीको १२ औ वार्षिक साधारणसभाबाट अनुमोदन र विद्युत नियमन आयोगको स्वीकृति पश्चात शेयरधनीहरुले पाउनेछन् ।

\"\"