नेपाल फाइनान्सकाे स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त


काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छिन् । फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको ३९८ औँ बैठकको निर्णयअनुसार श्रेष्ठ सञ्चालकमा नियुक्त भएकी हुन् ।