काठमाडौं – नेपालका १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि ६ वटा कम्पनी सर्टलिस्टमा परेका छन् । सोमबार एक सूचना निकाल्दै केन्द्रीय बैंकले बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु गर्नको लागि परामर्श सेवा दिनको लागि ६ वटा कम्पनी सर्टलिस्टमा परेकाे जनाएकाे छ ।
राष्ट्र बैंकले २०८१ मंसिर ५ गते यसको लागि टेण्डर आह्वान गरेको थियो । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक खरिद ऐन, २०६३ र राष्ट्र बैंक सार्वजनिक खरिद विनियमावली, २०७१ अनुरूप उक्त कम्पनीहरूकाे छनोट गरेकाे हाे ।
राष्ट्र बैंकले डेलोइट पार्टनर्स श्रीलंका, हावलादर यूनुस एण्ड कम्पनी बंगलादेश, केपीएमजी एसोसिएट एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी भारत, यूएचएम-केएसएस- एसएसबीडीआई–जेभी नेपाल र एमएसके एण्ड एसोसिएट्स भारतलाई सर्टलिस्टमा राखेकाे छ । अहिले छानिएकालाई प्रस्ताव पेस गर्न राष्ट्र बैंकले केही समयपछि सूचना जारी गर्नेछ ।



About Us
प्रतिक्रिया