कामना सेवा बैंकको केएसबीबीएल ओलम्पिक्स सम्पन्न


काठमाडौं – कामना सेवा विकास बैंकले केएसबीबीएल ओलम्पिक्स २०८१ सम्पन्न गरेको छ। कर्मचारीको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार सम्पन्न भएको हो। 

आज ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिता सम्पन्न भए। सात प्रदेश र केन्द्रीय कार्यालय गरी कुल आठ समूहबाट खेल आयोजना गरिएको थियो। पुरुषतर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशीष अधिकारीको जोडीले कोसी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधि जितेको छ।

महिलातर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषाकुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयका अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधि जितेको छ।

त्यसैगरी पुरुषतर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सञ्जीव लामालाई हराउँदै उपाधि जित्दा महिलातर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईंले कोसी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधि जितिन्।

विजेता तथा उपविजेता टिमलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे।