आज बैंकिङ्ग काराेबार गर्दै हुनुहुन्छ ? यी बैंकले दिँदैछन् सेवा


काठमाडौं– आज सरकारले शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने पर्व ग्याल्पो ल्होसारमा बिदा दिएसँगै आज बैंक तथा वित्तीय संस्थाका साथै सरकारी कार्यालय, विद्यालय लगायतका संघसंस्थाहरु बन्द छन् ।

तर, आज सार्वजनिक बिदा भएपनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले पूर्णरूपमा सेवा नदिएपनि केही शाखाहरू मार्फत् सेवा दिइरहेका छन् ।