बैंकिङ्ग समाचार, काठमाडौं ।
अबिर (ABiR) आर्टिसन फेस्ट, नेपाली सीपकर्मी (Artisans) डिजाइनर्स, ब्राण्ड र उत्पादकहरुको लागि एकीकृत बजार तथा क्रेता र बिक्रेताका लागि अन्तरक्रिया गर्ने मौकाको बिकास गर्ने उद्देश्यले सुरु गरिएको हो । यो कार्यक्रमले आफुसंग आबद्घ श्रृजक तथा उत्पादकहरुको लागि आफ्ना सामग्रीहरु प्रदर्शन, बेच्न, ब्राण्डको बजारीकरण गर्नका साथ साथै व्यवसायिक सम्बन्ध बिस्तृत पार्न तथा आपसको साझेदारी समेत गर्ने र गराउन ठुलो मौका प्रदान गर्न सफल बनाउने छ ।
यस प्रदर्शनी मार्फत धेरै मानिसहरु नेपाली भूमिमै श्रृजित तथा उत्पादित सामग्री प्रति अझ धेरै सजक तथा उत्सुक हुने विश्वास राख्दछ । यसले नेपाली उत्पादक व्यावसायीहरुले भोगी रहेका विभिन्न चुनौतीहरुलाई केहि हदसम्म भएपनि सहज गरि सहि ग्राहक सम्म पुग्न मद्दत पुर्याउनेछ ।
यसका साथै अविर (ABiR) Team ले यस प्रदर्शनी/उत्सबलाई पारिवारिक अनि रमाइलो जमघट बनाउन विभिन्न किसिमका सामग्री समेत पस्कने तयारी गरेका छन् । यसले विभिन्न किसिमका गेम, संगित, खानाका स्टलहरु समेत व्यवस्था गर्न लागेका छन् ।
तसर्थ सबै नेपाली ब्राण्ड, आर्टिसन्स सबै महानुभावहरुलाई यस कार्यक्रममा सहभागी भई दशैंको खरिद गरी नेपाली गुणस्तरीय सामानहरुको प्रयोग गर्ने र रमाउने मौका लिनहुन पनि आह्वान गरिएको छ ।
कार्यक्रम: ABiR Artisan Fest (अबिर आर्टिसन फेस्ट)
स्थान: पाटन संग्रहालय परिसर, पाटन दरबार (मंगल बजार)
मिति: १७ सेप्टेम्बर (आश्विन १ गते २०७९, शनिबार)
समय: ९ः०० बजे देखि ५ः०० बजे सम्म
प्रतिक्रिया