अब विदेशमा रहेका नेपालीले पनि आइपीओमा आवेदन दिन पाउने, रेमिट्यान्स बचत खाता मार्फत भुक्तानी गर्नुपर्ने 

अब विदेशमा रहेका नेपालीले पनि आइपीओमा आवेदन दिन पाउने, रेमिट्यान्स बचत खाता मार्फत भुक्तानी गर्नुपर्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आईपीओ निष्काशन गर्ने कम्पनीले अब १० प्रतिशत शेयर नेपाल सरकारकोले तोकेको निकायबाट श्रम स्वीकृती लिएर विदेशमा रोजगारी गर्ने नेपालीको लागि छुट्याउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (छैठौ संशोधन) नियमावली २०७९ सर्वाजनिक गर्दै श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेको नेपालीले मात्र आईपीओमा आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ९ मा ‘ संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीको लागि छुट्याई बाडफाँड गर्नुपर्ने’ उल्लेख गरेको छ । 

त्यस्तै, ‘निष्काशित शेयरमा सम्बन्धित ब्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्ने अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थामा रहेको बिप्रोपण (रेमिट्यान्स) बचत खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्ने’ उक्त नियममा उल्लेख गरेको छ । 

नियमावली हेर्न यहाँ क्लिक गर्नुहोस् 

FlByAGPzmRJVth6l4dW8RCXZB70Sy1qZLL5YvnZl.pdf