बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ । साउन ३० गते बाँडफाँड भएको उक्त आइपीओ भदौ २१ गते मंगलबार सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भएपछि सिडिएससीले कम्पनीको धितोपत्र एभिवाईएएन (AVYAN) कारोबार संकेतमा जम्मा गरेको छ ।
कम्पनीको आइपीओ नेप्सेमा सूचिकरण प्रक्रियामा रहेको छ । लघुवित्तले साउन १८ देखि २२ गते सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गरेर साउन ३० गते बाँडफाँड गरेको थियो ।
प्रतिक्रिया