नेप्सेको कारोबार शुक्रबार बन्द, असोजबाट उक्त निमय लागु हुने 

नेप्सेको कारोबार शुक्रबार बन्द, असोजबाट उक्त निमय लागु हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आउँदो असोज  महिनाको शुक्रबारबाट शेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) को बोर्ड बैठकले शुक्रबार कारोबार नगर्ने निर्णय गरको हो । लगनीकर्ता, नियमक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत सम्भार गर्नुपर्ने भएकोले शुक्रबार बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले शनिबार र आईतबार दुई दिन बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि कारोबार हुदै आएको थियो । तर सरकारले उक्त दुईदिने बिदा दिने निर्णय खारेज गरेको भएपनि शुक्रबार भने कारोबार हुदै आएको थियो । अब भने नेप्सेले असोजबाट शुक्रबार बन्द गर्ने निर्णय गरेको हो । 

हाल साताको ६ दिन कारोबार हुदै आएकोमा असोज बाट भने जम्मा ५ दिन मात्रै कारोबार हुने भएको हो । सरकारले शनिबार र आईबार बिदा दिने निर्णय गर्नु  पुर्व शुक्रबार कारोबार हुदैन थियो, त्यसै अनुरुप अब शुक्रबार हुने कारोबार नेप्सेले बन्द गर्न लागेको हो ।