काठमाडौं – नेपाल राष्ट्र बैंकले डेनमार्कको केन्द्रीय बैंकले खारेज गरेका त्यहाँको मुद्रा आफूसँग भए सटही गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात बैंक नोटको कानुनी ग्राह्यता खारेज गरेसँगै नेपालको केन्द्रीय बैंकले एक सूचना जारी गर्दै डेनिस क्रोनर (डीकेके) बैंक नोटहरु आफूसँग भएमा सटही गर्न समयसीमा तोकेको हो।
तोकिएको समयभित्र राष्ट्र बैंकको बैंकिङ्ग विभाग, बैंकिङ्ग कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमयको कारोबार गर्ने राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेन्जरहरुबाट सटही गर्न र गराउन सूचनामार्फत जानकारी गराइएको छ ।
फागुन मसान्तपछि कानुनी ग्राह्यता खारेज गरिएका डेनिस क्रोनर (डीकेके) सटही गर्न इजाजतप्राप्त निकायहरु बाध्य नहुने सूचनामा स्पष्ट पारिएको छ। कानुनी ग्राह्यता खारेज गरिएका बैंक नोटहरुसम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको राष्ट्र बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया