काठमाडौंं – माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ४८ खर्ब नाघेकाे छ वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकहरूको कर्जा लगानी ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको हाे। गत असारसम्ममा बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए।
समिक्षा अवधिमा ग्लोबल आईएमई बैंकले ४ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ , एभरेष्ट बैंकले २ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ, एनएमबि बैंकले २ खर्ब ३२ अर्ब ७ करोड रुपैयाँ, नबिल बैंकले ४ खर्ब ११ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ५१ अर्ब ५० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब ५३ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ, नेपाल बैंकले २ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।
सिद्धार्थ बैंकले २ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकले १ खर्ब ७७ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।
कुमारी बैंकले ३ खर्ब १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ खर्ब ३९ अर्ब ४८ करोड रुपैयाँ, हिमालयन बैंकले २ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ, कृषि विकास बैंकले २ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।
यस्तै, एनआईशी एशिया बैंकले २ खर्ब ५२ अर्ब रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब ८७ करोड रुपैयाँ, प्रभु बैंकले २ खर्ब ३४ अर्ब ३३ करोड रूपैयाँ कर्जामा लगानी गरेका छ्न् ।



About Us
प्रतिक्रिया