बैंकमा लगानीयोग्य रकम थुप्रिँदा सीडी रेसियो घट्दै, कुन बैंकको कति ?


काठमाडौं – पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ्ग प्रणालीमा अत्यधिक मात्रामा तरलता हुँदा बैंकहरूकाे कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घट्दो क्रममा छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औषतमा ७९ दशमलव ३५ प्रतिशत कायम भएको छ ।

एनबीएको तथ्यांकअनुसार माघसम्म कृषि विकास बैंकको ७५.४३ प्रतिशत, सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत सीडी रेसियो कायम भएकाे छ । यस्तै, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत कायम भएकाे छ ।

समिक्षा अवधिमा माछापुच्छ्रे बैंकको ८३.६० प्रतिशत, नबिल बैंकको ८२.४४ प्रतिशत, नेपाल बैंककाे ७३. ६९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, नेपाल एसबीआई बैंकको ७५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ८३.०७ प्रतिशत, एनएमबि बैंकको ८३.६२ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत कायम भएको छ ।

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८५.७७ प्रतिशत, सानिमा बैंकको ८०.९२ प्रतिशत र सिद्धार्थ बैंककाे ८५.०२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६३ दशमलव ९६ प्रतिशत सीडी रेसियो रहेको छ। सीडी रेसियो निकै कम हुनु भनेको बैंकहरुसँग कर्जा प्रवाह गर्न पर्याप्त तरलता रहनु हाे ।