सिक्लेस हाइड्रोपावरको स्थानियमा जारी आईपीओ बाँडफाँट

सिक्लेस हाइड्रोपावरको स्थानियमा जारी आईपीओ बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई भदौ १५ गते आईपीओ बाँडफाँट गरेको जानकारी दिएको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी रू. ८५ करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता शेयर स्थानीयमा जारी गरेको हो ।

यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्ने व्यवस्था थियो । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । संकलन केन्द्रबाट दरखास्त फारम बुझाएका लगानीकर्ताहरूको हकमा आंशिक रुपमा बाँडफाँटमा परेको वा बाँडफाँटमा नपरेको शेयर वापतको रकम भदौ २० गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।