बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको छैटौं दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर २ हजार २२ दशमलब ६२ विन्दुमा बन्द भएको छ । बिहिबार भने नेप्से १८.३० अंकले घटेर २ हजार ३९ दशमलब ५४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकम पनि उल्लेख्य घटेको छ । आज नेप्सेमा १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज सबैभनदा धेरै एलआइसी नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । दुवै कम्पनीको शेयरमुल्य ५ प्रतिशत भन्दा बढिले वृद्धि भएको हो ।
नेप्सेका अनुसार आज पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया