बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले लाभांश पारित गर्न साधारण सभा बाेलाउने निर्णय गरेकाे हाे ।
सभाले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । उक्त बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले लाभांश पारित गर्न भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसअनुसार भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया