बैंकिङ्ग समाचार, काठमाडौं ।
चार वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ क्यापिटलका २ योजना तथा लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्डले लाभांश बितरण प्रयोजनको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
लक्ष्मी क्यापिटलले संचालन गरेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोष र लक्ष्मी इक्विटी फण्डले भदौ ७ गते बुक क्लोज मिति तय गरेका हुन् ।
क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५औं बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लक्ष्मी उन्नत्ती कोष योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै लक्ष्मी इक्विटी फण्डले पनि आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । दुवै फण्डले समान ५ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।
त्यसैगरी सिद्धार्थ क्यापिटलले संचालन गरेको सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पनि भदौ ७ गते बुक क्लोज गर्ने भएका हुन् । क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने १३ करोड ५० लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने रकम १२ करोड रुपैया लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया