मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थप

मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आवेदन दिने समय थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
 मुक्तिनाथ क्यापिटल लिमिटेडले साउन १ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप भएका छ । यस अघि भदौ ५ गतेसम्मको मिति तय भएकोमा क्यापिटलले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने समय भदौ १९ गतेसम्म थप भएको छ ।

क्यापिटलको कात्तिक २३ गते सम्पन्न विशेष साधारणसभाबाट पारित १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको २० लाख २५ हजार कित्ता हकप्रद शेयर साउन १ गतेदेखि विक्री खुला गरेको हो ।