बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको गिरावटसँगै बन्द भएको छ । आज नेप्से ७.७२ अंकले घटेर २ हजार ६० दशमलब ५५ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २७.५६ अंकले बढेर २ हजार ६८ दशमलब २६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने स्थिर रह्यो । आज नेप्सेमा २ अर्ब ४७ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ त्यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।
नेप्सेका अनुसार आज रिभर फल्स कम्पनीको र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १२ करोड २८ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया