बैंकिङ्ग समाचार, काठमाडौं ।
हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २२ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३१ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सर्वसाधारणमा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव र आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू समेत पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।
सभाले उल्लेखित प्रस्तावहरूसँगै चालू आर्थिक वर्ष ०७९/८० को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणका साथै सञ्चालक समितिको अनुमोदन समेत गर्नेछ । कम्पनीलाई आवश्यक पर्ने ऋण बैंक तथा वित्तीय संस्थाबाट लिने विषयमाथी पनि सभामा छलफल हुनेछ ।
प्रतिक्रिया