नेप्सेमा दोहारो अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्य घटेको बजारमा म्युचल फण्ड बाहेक सबै उप-सुचक घटे

नेप्सेमा दोहारो अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्य घटेको बजारमा म्युचल फण्ड बाहेक सबै उप-सुचक घटे


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.०६ अंकले घटेर २ हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५.११ अंकले घटेर २ हजार ५७ दशमलब ६८ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो । 

हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३३३.६० रुपैयाँ पुगेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १४३.२० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ७ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज नेप्सेमा म्युचल फण्ड बाहेक सबै उप-सुचक घटेका छन् ।