बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले १० वटा पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ । पुनर्बीमा ब्रोकरको लाइसेन्स माग गर्दै समितिमा एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए । जसमध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
आवेदन परेका मध्येबाट प्रक्रिया पुरा गरेका १० वटा कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
समितिले गत असार महिनादेखि नै कम्पनीहरूलाई लाइसेन्स दिन थालिएको पौडेलको भनाई छ । समितिका अनुसार अहिलेसम्म जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ग्लोबल इन्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि ईन्स्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि ईन्स्योरेन्स ब्रोकरलाई बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।
पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी निर्देशिका, २०७८ अनुसार पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालन गर्न चुक्ता पूँजी ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकृत पूँजी १० करोड रुपैयाँ हुनुपर्नेछ ।
प्रतिक्रिया