आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सर पिडित बिरामीको उपचारको लागि आर्थिक सहयोग प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२ लाख ५० हजार नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई सो रकमको चेक हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निःशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा रेग्मीले खुशी व्यक्त गरेका छन् ।