बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ५.११ अंकले घटेर २ हजार ५७ दशमलब ६८ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्सेमा ४५.४२ अंकभन्दा बढीको गिरावट भएको थियो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३०३.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नागरिक लगानी कोषको भएको छ । यसको आज १० करोड ६८ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया