बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) को बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत अर्थात ३ करोड कित्ता बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत उक्त बोनस शेयर अब शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया