आज भारी अंकको गिरावट भई २१ सयको बिन्दु मुनि नेप्से, कारोबार रकम पनि सामान्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ४५.४२ अंकले घटेर २ हजार ६० दशमलब ७३ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से १७.६७ अंकले घटेर २ हजार १ सय ६ दशमलब १६ विन्दुमा बन्द भएको थियाे ।

त्यस्तै, आज नेप्सेमा २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २७५.८० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।