बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ नेप्सेमा सुचिकृत भएको छ । आज कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता आइपीओ, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता आइपीओ र संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै अब आइतबारबाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७६ रुपैयाँ ३३ पैसादेखि २२८.९९ रुपैयाँसम्मको पोपनिङ रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको शेयरलाई एचएचएल (HHL) कारोबार संकेत प्रदान गरेकोछ ।
प्रतिक्रिया