बैंकिङ्ग समाचार, काठमाडौं ।
अब फेरि शेयर कारोबार हप्तामा पाँच दिन मात्रै हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले शुक्रबारको सेयर कारोबार हटाउने तयारी गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत असार महिनादेखि हप्तामा ६ दिन शेयर कारोबार गर्न थालेको थियो ।
बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयालले सो बताएका हुन् ।
उनले कार्यक्रममा बोल्दै भने, ‘गत असार महिनादेखि शुक्रबार पनि दुई घण्टा शेयर कारोबार गरिदै आएको छ । तर, अब फेरि शुक्रबारको शेयर कारोबार बन्द गराउन लागेका छौं । चाडै नै पुनः हप्तामा पाँच दिन मात्रै शेयर कारोबार गर्ने व्यवस्था गर्छौ ।’
उक्त कारोबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा हुँदै आएको थियो । तर, सो दिनको कारोबार त्यति प्रभावकारी नभएको र हटाउनको लागि चौतर्फी दवाव आएकोले नेप्सेले हटाउने तयारी गरेको हो ।
प्रतिक्रिया