नेप्सेमा आज भारी अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्यरुपमा घट्यो

नेप्सेमा आज भारी अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्यरुपमा घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३८.६१ अंकले घटेर २ हजार १ सय ४८ दशमलब १६ विन्दुमा बन्द भएको छ । हिजो नेप्से ६.७१ अंकले घटेर २ हजार १ सय ८६ दशमलब ७७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज युनाइटेड इदीमार्दी आरबी हाइड्रोपारको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।