शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ४ अर्ब माथि

शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ४ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ५४.५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलब १० विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ६० करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   

आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने पाँच कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेप्सेका अनुसार आज गुडविल फाइनान्स कम्पनीको डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २१ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।