नियम विपरित कार्य गरेको भन्दै नेप्सेले गर्यो हिमाल दोलखा हाइड्रोको सेयर कारोबार रोक्का

नियम विपरित कार्य गरेको भन्दै नेप्सेले गर्यो हिमाल दोलखा हाइड्रोको सेयर कारोबार रोक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार रोकिएको छ । नेप्सेले आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

हाइड्रोपावर कम्पनीले बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीले गत शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा प्रययोजनको लागि कम्पनीले साउन १९ गते बुकक्लोज गर्ने जनाएको छ । तर यसको सूचना साउन १४ गते मात्रै दिएको थियो ।