बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म २० करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा यस अवधिसम्म कम्पनीको खुद नाफा १९ करोड २७ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा भने १५ दशमलव ४४ प्रतिशत बढी भएको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड ६२ लाख रूपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा ३३ करोड ४ लाख रूपैयाँ संचालन नाफा गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ५२ करोड २० लाख ८५ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम ७९ दशमलव ७१ प्रतिशत वृद्धि भई ४५ करोड १९ लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।
कम्पनीको निक्षेप संकलन भने ४५ दशमलव ५९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६५ प्रतिशतमा झरेको छ ।
चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३९ रूपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रूपैयाँ ५६ पैसा छ ।
प्रतिक्रिया