साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, २ घण्टामा भयो २ अर्ब बढिको कारोबार

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, २ घण्टामा भयो २ अर्ब बढिको कारोबार

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.९२ अंकले बढेर २ हजार १ सय ४० दशमलब ३९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा २ अर्ब १९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३६८.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२८८.३० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।