मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १२ गते) अन्तिम दिन रहेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारण समुहको ११ लाख ७६ हजार ७३ कित्ता मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ५०३ कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले रहेको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।