ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई बाँडफाँट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई बाँडफाँड सम्पन्न भएको छ । उक्त फण्ड ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड गरिएको हो ।

६० हजार ७१९ जना आवेदकहरुबाट ८ करोड ४५ लाख ८९ हजार ७६० इकाई खरीको लागि आवेदन प्राप्त भएको विक्री प्रबन्धकको भनाई छ । कुल आवेदकहरूमध्ये रितपूर्वक नभएकाले ५६ जनाको आवेदन रद्ध गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ । ६० हजार ६६३ जनाले भने माग गरे बमोजिम इकाई प्राप्त गरेका छन् ।

ग्लोबल आइएमई ब्यालेन्स फन्डको प्रति इकाई अंकित मूल्य १० को दरले १२ करोड इकाइको १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लाई १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख तथा १.५० प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाई इच्छुक संघसंस्था, सर्वसाधारणहरुका लागि २०७९ असार २२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा विक्रि गरिएको थियो ।

क्यापिटलले १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि इकाई विक्री गरेको हो ।