बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले ८ लाख ३२ हजार ६३२ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।
कम्पनीले सूचना जारी गरेको ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । ३५ दिनभित्र शेयर खरिद गर्न संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेको खण्डमा शेयरधनी बाहेकका व्यक्ति वा कम्पनीलाई नेपाल राष्ट्र बैंकको जारी निर्देशन तथा मापदण्ड बमोजिम शेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया