नेपाल इन्स्योरेन्सको ११% बोनस शेयर नेप्सेमा सूचिकृत

नेपाल इन्स्योरेन्सको ११% बोनस शेयर नेप्सेमा सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको १३ लाख ६६ हजार ५७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

कम्पनीको गत जेठ ६ गते सम्पन्न ७३ औ वार्षिक साधारणसभाले ११ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ११.५७ प्रतिशत लाभांश पारित गरेको थियो । बोनस शेयर सूचिकृत भए सँगै कम्पनीको शेयर पूँजी एक अर्ब ३७ करोड पुगेको छ ।