बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २ कम्पनीले बुक विल्डिङ मार्फत आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । नियामक निकाय सेबोनमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक विल्डिङ मार्फत आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएका हुन् । सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङ मार्फत निष्ष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।
सर्वोत्तम सिमेन्टले असार २८ गते र रिलायन्स स्पिनिङले असार ३१ गते आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । दुबै कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
सर्वोत्तम सिमेन्टले आईपीओको ‘कट अफ’ मूल्य प्रतिकित्ता रू. ५०१ निर्धारण गरिसकेको छ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको यस कम्पनीको आईपीओको मूल्य निर्धारणका लागि योग्य संस्थागत लगानीकर्ताहरूले बिड गरेका थिए ।
बुक विल्डिङ विधीअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको शेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रुपैयाँ सम्ममा बिक्री गर्न सक्नेछ । सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्य भन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।
प्रतिक्रिया