नेप्सेमा आज पनि दोहोरो अंकको सुधार, कारोबार रकम पनि उल्लेख्य बढ्यो

नेप्सेमा आज पनि दोहोरो अंकको सुधार, कारोबार रकम पनि उल्लेख्य बढ्यो


बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १६.२० अंकले बढेर २ हजार ४५ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से १८.०३ अंकले बढेर २ हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २९ वटा कमपनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।