बैकिङ्ग समाचार, काठमाडौं ।
बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज अर्थात् साउन १ गते आइतवारसम्म रहेको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन २ गते बुक क्लोज गरेसँगै साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी रू. २६ करोड ७९ लाख बराबरको रू.१०० अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू.५३ करोड ५८ लाख पुग्नेछ ।
प्रतिक्रिया