बैकिङ्ग समाचार, काठमाडौं ।
प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्र पत्रमा हस्ताक्षर गरेका छन् । हिजो सम्पन्न एक विशेष कार्यक्रममा प्रभु इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संचालक चिरन्जीबी द्वाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रारम्भिक सम्झौताअनुरूप प्रभु र अजोडबीच १००ः७० को अनुपातमा मर्जरमा जाने सहमती भएका छन् । हाल प्रभु इन्स्योन्सको चुक्ता पूँजी २ अर्ब २८ करोड रूपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीहरु विचमा भएको सहमति अनुसारको स्वाप रेसियो पछि अजोडको ७० करोड रुपैयाँ प्रभु इन्स्योरेन्सको चुक्ता पूँजीमा जोडिनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । मर्जर पछि कम्पनीले बोनस शेयर र केहि हकप्रद शेयर निष्काशन गरेर बीमा समितिले तोकेको पूँजी जुटाउन सक्ने छन् ।
मर्जर पछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ । मर्जर पछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहनेछन् ।
मर्जर पछिको सञ्चालक तर्फ प्रभुका चार जना र अजोडका तीन जना सञ्चालक रहने सहमति भएको छ । बाँकी दुई सञ्चालकलाई भने सल्लाहकारको रुपमा राख्ने सहमति गरिएको छ ।
प्रतिक्रिया