अपर हेवाखोलाको आइपीओ बाँडफाँट, १ लाख ३९ हजार ५०० जनाले पाए १० कित्ता शेयर

अपर हेवाखोलाको आइपीओ बाँडफाँट, १ लाख ३९ हजार ५०० जनाले पाए १० कित्ता शेयर


बैकिङ्ग समाचार, काठमाडौं ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।

कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सोमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार कुल आबेदक मध्ये दोहोरो आबेदनका कारण २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आबेदन रद्द भएको छ । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँडफाँड भएको हो ।

जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँडफाँड भएको छ ।

कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।