बैंकिङ्ग समाचार, काठमाडौं ।
केहि दिनदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर उकालो लागिरहेको छ । यस साताको कारोबारको अन्तिम दिन आज शुक्रबार पनि नेप्से सामान्य अंकले बढेको हो । नेप्से आज ७.९३ अंकले बढेर २ हजार ९ दशमलब ४६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १४.७१ अंकले बढेर २ हजार १ दशमलब ५३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ७२ कम्पनीको शेयरमूल्य बढेको छन् भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छन् । यसमध्ये पनि आज ७ म्युचल फण्ड कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको भएको छ । यसको आज १९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया