बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त हकप्रद शेयर निष्काशनको प्रस्ताव आगामी १४औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णयसमेत गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यो कम्पनी रू. १ अर्ब ६५ करोडभन्दा बढी नोक्सानीमा छ ।
प्रतिक्रिया