एचआईडिसीएलको हकप्रद शेयर बाँडफाँट

एचआईडिसीएलको हकप्रद शेयर बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)को हकप्रद शेयर बाँडफाँड गरिएको छ । संस्थाले असार ५ देखि असार १९ गतेसम्म बिक्रि खुल्ला गरेको संस्थापक समुहतर्फको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गरेको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर बाँडफाँट गरेको हो । सो प्रक्रियामार्फत खरिद आवेदन दिएका १० जना बोलपत्रदाताको ११ थाप बोलपत्र आवेदनलाई रद्द गरी रीतपूर्वक दरखास्त दिने ३७७ जना बोलपत्रवालाहरुलाई आवेदन अनुसार बोलपत्र बाँडफाँट गरिएको हो ।

संस्थापक समुहतर्फको शेयरका लागि आवेदन पेश गरेका आवेदकलाई कटअफ मूल्य १ सय रुपैयाँ राखि शेयर बाँडफाँट गरिएको हो । सो शेयर बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी साउन १ गतेदेखि गरिने कम्पनीले जनाएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।