कान्तिपुर टेलिभिजनले प्रिमियममा आईपीओ निष्कासन गर्ने

कान्तिपुर टेलिभिजनले प्रिमियममा आईपीओ निष्कासन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणका लागि प्रिमियममा आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ७ लाख ५० हजार कित्ताले हुन आउने रू. ७ करोड ५० लाख बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ । 

साधारण मूल्यमा प्रिमियम रकम थप गरी साधारण शेयर निष्कासन गर्न कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा कान्तिपुर टेलिभिजन नेटवर्कका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

टेलिभिजनले २०६० असार २९ गते विधिवत् रूपमा प्रसारण आरम्भ गरेको थियो । सुरुमा टेरिस्टेल टावरबाट सूचना प्रवाह गर्दै आएको टेलिभिजनले हाल डेफिनेसन प्रविधि ‘एचडी’लाई अवलम्बन गर्दै आएको छ ।