बैंकिङ्ग समाचार, काठमाडौं ।
असार ३० गते, बिहीबार, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । साे शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । साेमध्ये १ हजार ७९१ जनाकाे आवेदन रद्द भएकाे छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन् । क्यापिटलका अनुसार १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । सोमध्ये पनि भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो । सोपश्चात बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता शेयर यस दिन बाँडफाँट गरिएको हो ।
प्रतिक्रिया