सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता, स्वाप रेशियाे १:१ हुँदा पनि आवश्यक चुक्ता पूँजी नपुग्ने

सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता, स्वाप रेशियाे १:१ हुँदा पनि आवश्यक चुक्ता पूँजी नपुग्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी विच मर्जरको सम्झौता भएको छ । दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।

प्रारम्भिक सहमतिपत्रमा सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका अध्यक्ष खेम राज लामिछाने र जनरल इनस्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका हुन् ।

दुई कम्पनी विच बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको छ । मर्जर पछि कम्पनीको नाम ‘सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहनेछ । दुई पक्ष विचमा भएको सहमति अनुसार मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन् ।

हाल दुबै कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । पछिल्लो तेस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार मर्जर पछिको जगेडा कोष ३० करोड रुपैयाँ नाघ्नेछ ।

यि दुई कम्पनीको मर्जर पछि पनि बीमा समितिले तोकेको पूँजी जुटाउनका लागि हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिन्छ ।