काठमाडौं– निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुस ११ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ६७६ वटा दाबी परेको छ। हालसम्म बीमकहरुले १ हजार ७२० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
कुन कम्पनीलाई कति दायित्व ?
सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४५८ वटा दाबी परेको छ। ती दाबीको १ अर्ब १४ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म ४१५ वटा दाबीको ३१ करोड ३८ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले आफ्नामा परेको कुल दाबीको २७.४८ प्रतिशत भुक्तानी गरेको छ।
सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५११ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६३ करोड १ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले २४७ वटा दाबीको ३० करोड ३५ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ।
यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १४७ वटा दाबीको ५ करोड ३ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ।
सगरमाथा लुम्बिनीले ४२५ वटा दाबीको १ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३०६ वटा दाबीको १ अर्ब ८ करोड ६२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५३ वटा दाबीको १ अर्ब ८१ लाख रुपैयाँ, सानिमा जीआईसीले २२८ वटा दाबीको ९५ करोड ३६ लाख रुपैयाँ, एनएलजीले २०० वटा दाबीको ७७ करोड ४१ लाख रुपैयाँ र युनाइटेड अजोडले ३३४ वटा दाबीको ७४ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म सगरमाथा लुम्बिनीले १६८ वटा दाबीको २० करोड ४३ लाख ४४ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १२८ वटा दाबीको १० करोड ३४ लाख ४२ हजार रुपैयाँ, हिमालयन एभरेष्टले १२९ वटा दाबीको १३ करोड ६२ लाख ८० हजार रुपैयाँ, सानिमा जीआईसीले ५७ वटा दाबीको १३ करोड २१ लाख ७७ हजार रुपैयाँ, एनएलजीले ५९ वटा दाबीको ८ करोड ४ लाख ३५ हजार रुपैयाँ र युनाइटेड अजोडले ८७ वटा दाबीको २ करोड ६४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेका छन्।
नेसनल इन्स्योरेन्सले ११३ वटा दाबीको ४८ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ४१ करोड ३९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २९४ दाबीको ४१ करोड ३४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको २८ करोड ७९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको २० करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म नेसनल इन्स्योरेन्सले १२ वटा दाबीको १ करोड ८५ लाख ९६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५९ दाबीको २ करोड १३ लाख ९९ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले १४८ दाबीको ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४९ वटा दाबीको १ करोड ३२ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा दाबीको पनि भुक्तानी गरेको छैन।
निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म स्टार माइक्रोले ३ वटा दाबीको २ लाख ५० हजार रुपैयाँ, ट्रस्ट माइक्रोले २ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ६ वटा दाबीको १ लाख १८ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।
प्रतिक्रिया