उत्पादन क्षेत्रका कम्पनी आइपिओमा, इन्द्रेणी मसरुम फार्मले पनि निष्काशन गर्ने

उत्पादन क्षेत्रका कम्पनी आइपिओमा, इन्द्रेणी मसरुम फार्मले पनि निष्काशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्ने भएको छ । कृषि तथा अरु क्षेत्रका उत्पादन कम्पनीहरुले साधारण सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरिरहेका बेला इन्द्रेणी मसरुमले पनि बिक्री प्रबन्धक चयन गरेको छ ।

साधारण सेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले हाल जारी पूँजी १० करोड रुपैंयाको २० प्रतिशतले हुने २ करोड रुपैंया बराबरको २ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । ८० प्रतिशतले हुने ८ करोड रुपैंया पूँजी संस्थापकहरुबाट चुक्ता भईसकेको छ ।

नेपालमा च्याउ खेतीको शुरुवात भएको लामो समया व्यतित भई सकेको भए पनि आधुनिक च्याउ खेतीको विकास र विविध चरणमा च्याउ उद्योगले प्रयास गरिए पनि सफल हुन नसकिरहेको अवस्था छ ।

यस्तो अवस्थामा इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । इन्द्रेणी मसरुम फार्मको उद्देश्य अनुसार नेपालमा गुणस्तरिय च्याउ उत्पादन गर्ने योजना बनाई उक्त कम्पनीले स्थापनादेखि द्रुत गतिमा आफ्नो क्षमता वृद्धि गर्दै आईरहेको छ ।

आधुनिक च्याउ फार्म शुरु गरेको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको बताउँदै कम्पनीले हाल दैनिक रुपमा च्याउ उत्पादन भईरहेको जनाएको छ ।